कसैलाई पटक पटक जिस्काएमा सजाय हुने : सरकार प्रवक्ता

0SHARES

१७ पुष २०७६ नेपाल टाईम्स

१७ पुस, काठमाडौँ ।
सरकारले सूचना प्रविधि विधेयकका विषयमा नकारात्क हल्ला बढी चलेको बताएको छ । सरकार प्रवक्ता गोकुल बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्रम र नकारात्मक हल्ला बढी चलेको बताएका हुन ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पारे । बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गरेका छन् ।

‘सरकारले पेश गरेको विधेयक उपसमितिले थप समृद्ध बनाएको, प्रतिपक्षी दलका ८ सुझाव समेटिएको, ३६ संशोधन गरिउको कुरा नहेर्ने । अनि गर्ने के भने आफुलाई के लाग्या छ आफै भ्रम सिर्जना गर्ने ?’, बास्कोटाले प्रश्न गरे ? पत्रकार सम्मेलनमा बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रावधान राखिएको बताए ।

सरकारले जसलाई मन लाग्यो त्यसलाई कारवाही, दशी प्रमाण र तथ्यका आधारमा कारवाही हुने कानुनी प्रवन्ध गरिएको उनले बताए । सरकारले सबैका लागि बराबर कानुन ल्याउन चाहेको र सत्य छोपेर नछोपिने उनले बताए । कुनै पनि व्यक्तिले सार्वभौम सत्ताका विरुद्ध, नागरिकबीच जातिय, धार्मीक, क्षेत्रिय साम्प्रदायिकतामाखलल पुर्याउने कार्य गरेमा उनीहरुका लागि कानुन आकर्षित हुने उनले बताए ।

विज्ञापन बक्स