२१ कार्तिक, ललितपुर । कांग्रेसका केन्द्रीय सदस्य कोरोना नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा श्याम घिमिरे, सुजाता परियार, नसिर सिद्धिकी, सुरेन्द्र पाण्डे, किरण यादव र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको हो । यसअघि बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये ६ जना केन्द्रीय सदस्य, नेताका एकजना पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि पनि नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोभिड १९ संक्रमण भएको थियो । शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो । तर बैठक २४ गतेलाई सारिएको छ ।