कांग्रेस क्रियाशिल सहित विभिन्न पार्टी परित्याग गरि एमालेमा ४ दर्शन बढी प्रवेश

281SHARES

विराटनगर, कार्तिक २७
कांग्रेस क्रियाशिल ३ सदस्य सहित विभिन्न पार्टी परित्याग गरि एमालेमा ४ दर्जन बढी पार्टी प्रवेश गरेका छन् । कांग्रेस कृयाशिल सदस्य नरबहादुर विष्ट, लेलु राजवंशी र रुद्र विष्ट सहित ४ दर्जन वढी कांग्रेस र संघिय समाजवादी फोरम पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशी हरुलाइ २ नं. क्षेत्रका बाम गठबन्धन तर्फबाट प्रतिनिधिसभा सदस्य का उम्मेदवार ऋषिकेस पोखरेलले टिका लगाइ स्वागत गरे ।

सो अबसरमा बोल्दै उम्मेदवार पोखरेलले बाम गठबन्धनले जितेमात्र मुलुकमा स्थायी सरकार, शान्ति स्थापना र मुलुक समृद्धि तर्फ अगाडी बढ्ने बताए ।

उनले मुलुकको दिगो विकासका लागि बाम गठबन्धनको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफु २ नं. क्षेत्रकै स्थानिय भएकाले उक्त क्षेत्रका समस्या बुझेकाले सो क्षेत्रमा विकासको बाढी ल्याउने बताए ।

 

छुटाउनुभयो कि?

सम्पूर्ण