काठमाडौं महानगरले भन्यो- ‘अहिले एम्बुलेन्स सेवा निःशुल्क छ, शुल्क मागे खबर गर्नू’

830SHARES

३१ बैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गर्दै आफु मातहत सञ्चालनमा रहेको एम्बुलेन्स सेवा निःशुल्क रहेको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइनमार्फत् अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको जानकारी दिएको हो ।

एम्बुलेन्सले शुल्क मागे कार्वाही हुने महानगरले जनाएको । ‘काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भैरहेको १०२ र ११८० हटलाइनको एम्बुलेन्स सेवा निःशुल्क भएकोले सेवा लिए बापत कुनै पनि शुल्क तिर्नुपर्दैन ।

शुल्क मागेमा तुरुन्त महानगरपालिकाको हटलाइन ११८० मा खबर गर्नुहुन हार्दिक अपील गर्दछौं । निःशुल्क सेवा दिँदा सेवाग्राहीसँग कुनै प्रकारको शुल्क मागेको पाइएमा तत्काल कार्वाही गरिने छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण