काठमाण्डौ महानगरले दियो त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर

436SHARES

२५ बैशाख, काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोरोना विरुद्ध लडाइमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।

कोरोना महामारी तीव्र रुपमा विस्तार हुँदै गएर बिरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे ।

उनले अहिले महानगर मानव जीवन बचाउने दायित्व पूरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गरे ।

छुटाउनुभयो कि?

सम्पूर्ण