कान्तीपुर कलेजको फाइनल यात्रा तय

0SHARES

१२ मंसिर २०७४ नेपाल टाईम्स

विराटनगर, १२ मंसिर / विराटनगरको कान्तीपुर कलेजले ईन्द्रेणी क्रिकेट क्लवको आयोजनामा भएको अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

कान्तिपुरले आज भएको सेमिफाइनलमा सिटी कलेजलाई ५ विकेटले पराजीत गरी फाइनलमा यात्रा तय गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिटीले १८ ओभरमा सवै विकेट गुमाई ७३ रन जोड्न सक्यो । सिटीका रवि राँयले सर्वाधिक ३० रनको योगदान दिएका थिए । कान्तिपुरका गुणन्द साहले ३ विकेट लिए ।

जवाफमा ७४ रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले १३ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका म्यान अफ द म्याच फिर्दोस अन्सारीले ३० रन तथा सुरज यादवले १९ रनको योगदान दिए । सिटीका विद्यान गौशवामी र लोमस निरौलाले २/२ विकेट लिए ।

विज्ञापन बक्स