काबुलको शैक्षिक केन्द्रमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

0SHARES

९ कार्तिक २०७७ नेपाल टाईम्स

९ कात्तिक, काबुल ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि विभिन्न विषयको अध्यापन गराउने नीजी शैक्षिक संस्थानमा बिस्फोट भएको हो । आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

विस्फोटमा परी घाइते भएकालाई अस्पताल लगिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ । तर सरकारी अधिकारीहरूले भने यसकाे पुष्टि गरेका छैनन् ।

त्यहाँकाे गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले एक विज्ञप्तिमा भने, ‘एक आत्मघाती बम वर्षकले भवनभित्र पस्न खोज्यो, जब सुरक्षाकर्मीहरूले उनलाई चिने, उनले ढोकामा नै विस्फाेटन गराइदियाे ।’

अफगानिस्तानमा पछिल्लाे केही सातायता हिंसात्मक घटनाहरूमा वृद्धि भएकाे छ।

विज्ञापन बक्स