कालीमाटी बजारको भीड नियन्त्रणमा चुनौती

436SHARES

८ जेठ, काठमाडौं ।

कोरोना सङ्क्रमण बढिरहे पनि काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा भीड कम हुन सकेको छैन ।

कालीमाटीमा भीड नियन्त्रण गर्न भन्दै केही समय अघिदेखि खुद्रा बजार बन्द छ । तर, पनि भीड कम हुन सकेको छैन । तरकारी बजारमा भीड नियन्त्रण गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई चुनौती बढेको छ ।

बजारमा हुने गरेको भीड नियन्त्रण गर्न समितिले दिनहुँ छलफल थालेको छ । बजारमा जोरबिजोर प्रणालीमा लागू गर्ने वा आलोपालो प्रणालीमा जाने भन्ने विषयमा छलफल भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज पनि समितिको बैठक बस्दैछ । बजार व्यवस्थापनका लागि भन्दै गठन भएको बजार व्यवस्थापन सहजीकरण उपसमितिले सिफारिस गरेको आधारमा निर्णय गर्ने समितिको तयारी छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण