किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

0SHARES

२५ कार्तिक २०७७ नेपाल टाईम्स

२५ कात्तिक, डडेल्धुरा ।

डडेलधुरामा आक्रमण गरी किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले बताए ।

सोमवार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

सोमबार घाँस काट्न सिमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

विज्ञापन बक्स