कीर्ते नागरिकता : सहायक सिडिओसहित ८ विरुद्ध मुद्धा

0SHARES

५ पुष २०७५ नेपाल टाईम्स

पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले विपक्षी बनाएका प्रतिवादीहरुमध्ये पाँच जना सरकारी कर्मचारी रहेका छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन इम्बुङ गाविसका सचिव सुरेश सुवेदी र प्रकाश ताम्ली रहेका छन् ।

त्यस्तै कीर्ते नागरिकता बनाउने देवेन्द्र शिवा र गौरव नेम्बाङ नामको किर्ते नागरिकतामा बाबु बनेर सनाखत गर्ने दुर्गाभक्त नेम्बाङलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

शिवाले अन्तिमपल्ट २०७२ सालमा जात र थर नै फरक पर्ने गरी ‘गौरव नेम्बाङ’ नाममा नागरिकता लिएको खुलेको छ । सोही प्रकरणमा नागरिकता ऐन अन्तर्गत हदैसम्मको कारबाहीको माग गरेर मुद्दा दर्ता गराएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।,याे खबर आजको राजधानी दैनिकले छापेको छ ।

विज्ञापन बक्स