कुर्सीको तौली हटाउन मन्त्रालयको परिपत्र

0SHARES

१२ भाद्र २०७५ नेपाल टाईम्स

काठमाडौं,भदौ १२
सरकारले सरकारी कर्मचारीको कुर्सीमा तौलिया नराख्न आदेश जारी गरेको छ । सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनि परिपत्र समेत पठाएको छ ।

मन्त्रालयका उपसचिव निर्माणकुमार कार्कीले भने– हामीले मातहतका निकायलाई परिपत्र पठाएका छौं र कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्नु होला भनेका छौं । हेलो सरकारमा गुनासो आए पछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

विज्ञापन बक्स