कुवेतबाट आज पनि नेपाली महिला स्वदेश फर्कंदै

0SHARES

३० जेष्ठ २०७७ नेपाल टाईम्स

३० जेष्ठ, काठमाडौं । कुवेतबाट आज पनि नेपाली महिला स्वदेश फर्कंदैछन् । आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ ।

कुवेतबाट जहाज उडिसकेको र नेपालमा साढे ११ बजे आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

फर्कने १ सय ४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो २ सय ९९ जना महिला स्वदेश फर्किसकेका छन् ।

नेपालीलाई अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

विज्ञापन बक्स