कोभिड–१९ प्रेस ब्रिफिङ अब सातामा दुई दिन मात्रै हुने

0SHARES

१२ कार्तिक २०७७ नेपाल टाईम्स

१२ कात्तिक, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४:३० बजे डाटा अपडेट गरिनेछ।

विज्ञापन बक्स