११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।
बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले कोरोना संक्रमितको संख्या फेरि बढ्ने लक्षण देखिएको बताए । तर अहिले नै भयावह स्थिति भने नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए ।