×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

कोरोनाका कारण हिंसा बढ्यो : बन्दना राणा (अन्तरवार्ता)

१५ भाद्र २०७७

बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यको रुपमा संयुक्त राष्ट्र संघको कार्यालयमा कार्यरत छिन् । तीन दशक भन्दा बढी महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव बन्दना राणा सँग छ । अहिले कोरोनाको कहरमा धेरै देश परेका छन् । यसमा महिला बालबालिकाको अवस्था बिग्रदो छ । यसै सन्दर्भमा नेपाली महिलाको अवस्था बारे न्युज एजेन्सी नेपालले बन्दना राणा सँग कुराकानी गरेको छ । हामीले मुख्य गरि कोरोनाले नेपाली महिलालाई कसरी असर गरेको छ र सरकारको काम गराईलाई कसरी मुल्यांकन गर्नुहुन्छ भनेर सोधेका छौँ।

अहिले विश्व सँगै हामी पनि कोरोनाको कहरमा छौँ । ४ महिना लक डाउनमा पनि गयौँ अहिले पनि निषेधाज्ञामा छौँ । कोरोनाले नेपाली महिलामा कस्तो प्रभाव पारेको छ ?
महामारी अप्रत्यशित रुपमा आएको र विश्वले नै पूर्व तयारी नगरेको क्रममा हाम्रो राष्ट्रमा पनि पूर्व तयारी भएको भन्न सकिने अवस्था छैन । यस सँगै महिलामा कस्ता प्रभाव पा¥यो भनेर ध्यान पुगेको छैन । अहिले कसरी हुन्छ संक्रमण बढ्न नदिने भन्ने कुरामा बढि केन्दित भएको छ । बन्दाबन्दी निषेधाज्ञाको कुरा आयो तर त्यसले महिलाहरुलाई कस्तो प्रभाव पर्यो वा परेको छ भन्ने कुरा केही सांकेतिक तथ्याङ्क आएका छन् । आत्महत्याका कुरा, यौन हिंसाका कुरा, महिलामाथि हुने हिंसाका कुरा । यो अवस्थामा पुर्नस्थापना केन्द्र कसरी सञ्चालन भयो भन्ने कुराको सांकेतिक अध्ययन भएका छन । तर सांकेतिक अध्ययन भन्दा पनि विश्वकै आंकडा हेर्यौँ भनेपनि एकदमै विकसित राष्ट्रहरु फ्रान्स, जर्मनी, युके, युएसए, क्यानडा अष्ट्रेलियामा पनि लक डाउनको अवधिमा ३० देखि ४० प्रतिशत महिला हिंसामा परेको घटना विवरण आइसकेको छ । त्यही अनुमान ग¥यौँ भनेपनि हामीकहाँ कति भन्ने कुरा थाहा हुन्छ । एकदमै तल्लो वर्गमा रहने, सिमान्तकृत, दुर्गम क्षेत्रमा, कम पुर्वाधार भएका क्षेत्रमा महिलामाथि हिंसा झन बढेको अवस्था र गरिबीमा रहेका महिलामा झन बढ्ने कुराले पनि पुष्टि हुन्छ । आंकडा नै चाहिदैन पुष्टि हुन्छ की महिलामाथि हिंसा बढेको छ भनेर । म आफै पनि यो क्षेत्रमा काम गरेको हुनाले पनि भन्न सक्छु हिंसा बढेको छ भनेर । यो महामारीको अगाडी पनि जति हिंसा हुन्थ्यो त्यसमा ४० प्रतिशत हिंसा आफ्नै घरभित्र हुने गर्दथ्यो । आफ्नै पार्टनरले, आफ्नै श्रीमानले घरेलु हिंसा गर्ने गरेको छ । बन्दाबन्दीको अवस्थामा त्यो ४० प्रतिशत त पीडतकसँग थुनिएर बसेको अवस्था छ । बाहिर निस्कन सक्ने अवस्था छैन । कति सेवा प्रदायकहरु, सेवा दिन सक्ने संस्थाहरु पनि सेवा दिनसक्ने अवस्थामा थिएनन् । यस्तो अवस्थामा कस्तो सेवा दिनुपर्छ भन्दापनि केही कसैले पीडितले सेवा माग्नलाई फोन गरिहाल्यो भनेपछि पनि अहिले लक डाउन छ खुलेपछि हेरौँला भन्ने किसिमको जवाफ प्रहरी प्रसाशन देखि अरु सेवा प्रदायकहरुबाट भएका अवस्था छ । हामी आफै अनुमान गर्न सक्छौँ जुन बेला ४० प्रतिशत सामान्य बेलामा पनि पीडित भएका महिलाहरु पनि अहिले बन्दाबन्दीको अवस्थामा पीडकसँग थुनिएर र कतिपय अवस्थामा एउटै कोठामा खचाखच गरेर बस्ने पनि अवस्था छ । फोन लिएर कुरा गरौँ भनेर पनि भन्न सक्ने अवस्था छैन । फोन पनि पीडकको नियन्त्रणमा हुन सक्छ । कहिले काँही आफ्नो साथीसँग सेयर गर्न सक्ने अवस्था छैन । यसले पनि महिलामाथि कति हिंसा भयो भन्ने कुरा देखाउँछ ।

Advertisement
Advertisement

अर्को पाटोमा पनि हेरौं न, आर्थिक रुपमा महिलालाई कस्तो प्रभाव पा¥यो ?
हो सामाजिक सँगै आर्थिक रुपमा पनि महिला वर्गलाई कोरोनाको असर परेको छ । यसलाई यसरी हेर्नुपर्छ, कामदार महिलाको कुरा ग¥यौ भने अनौपचारिक क्षेत्रमा पुरुष भन्दा धेरै महिलाहरु छन । यो क्षेत्रमा संलग्न हु

नु भनेको उनीहरुको स्वास्थ्यको वीमा नहुनु हो, सुरक्षा नहुनु हो । काम नहुने वित्तिकै आय पनि नहुनु हो । यो अवस्थामा उनीहरुको कुनै पनि सामाजिक सहयोगको प्याकेज नभएकोर हस्पिटालिटी, होटल, टुरिजम क्षेत्रमा कामबाट हटाइएका धेरै महिला छन् । उनीहरुको आयमा कमि भएको छ । आयमा कति हुँदा त्यसको सम्बन्ध हुन्छ । आयले गर्दा पनि एक किसिमको शसक्तिकरण भएको हुन्छ । त्यो आय घरमा ल्याउन नपाएपछि पनि हिंसा हुने अवस्था छ । अर्को हेर्नै पर्ने भनेको अनपेड केयर वर्क हो । महिलाहरुले विश्वको आंकडामा पुरुषभन्दा तीन गुणा बढी अनपेड केयर वर्क गर्छन । बच्चालाई हेर्ने पढाउने, वृद्ध मान्छेहरुको हेरचाह गर्ने त्यो काम महिलाले गरिरहेको छन् । महामारीको बेलामा केही गरी कोरोना लागेर निको भएर मान्छे आयो भने पनि त्यही महिलाले हेर्नुप¥यो । घरको बच्चाहरुसबै, स्कुल बन्द पछि महिलाले हुर्नुप¥यो । कतिपय अवस्थामा पितृसत्तात्मक सोचले गर्दा पुरुषले घरको काममा सहयोग गर्दैनन । बरु घरमा बसेपछि धेरै डिमाण्ड गर्छन । बाहिर हुँदा बरु त्यती हुँदैन । घर बसेपछि कि मिठो पकाउनुप¥यो कि अरु नै सेवा गर्नुप¥यो । कतिपय व्यवसायी महिलाहरुको घरबाट नै काम गर्नुपर्ने अवस्था हुन्छ । यो सबैलाई धानेर अगाडी जाँदा मानसिक रुपमा र शारीरिक रुपमा महिलाहरुलाई निकै ठूलो प्रभाव परेको छ । नेपालमा मात्र हैन विश्वको आँकडामा पनि पुरुषभन्दा तीन गुणा बढी अनपेड केयर वर्क महिलाले गरिरहेको देखाएको छ । यसरी लकडाउन लम्बिदै जाँदा बेरोजगार महिलाको संख्या बढेको, आय आम्दानी घटेको र कामको बोझ ३ गुणाले बढेको अवस्था छ । अझ असंगठित क्षेत्रमा काम गरिरहेका महिलाहरुको त कहाली लाग्दो अवस्था छ ।

तपाई त संयुक्त राष्ट्रसंघको सिड कमिटिमा पनि हुनुहुन्छ, यो नीति निर्माण गर्ने र अनुगमन गर्ने कमिटि पनि हो, कोरोनाको कारण महिलालाई परेको प्रभाव बारे आफ्ना सदस्य राष्ट्रहरुलाई केहि सुझाव दिएको छैन ?
त्यस्तो हैन संयुक्त राष्ट्रसंघले धेरै कुरा स्पष्ट पारेको छ । कोरोनाको यो अवस्थालाई संयुक्त राष्ट्रसंघको महासचिवले महिला माथी बढेको हिंशालाई संकेत गर्दै छाया महामारी हो भनेर उद्घोष गर्नुभएको छ । सबै राष्ट्रले यो अवस्थामा जुनसुकै कार्यक्रम गर्दा, बनाउदा रेस्पोन्स प्रोगाममा महिला माथि हुने हिंसा, आर्थिक रुपमा महिलालाई कसरी प्रभाव परेको छ र कसरी सशक्त बनाउने र अनपेड केयर वर्कको पहिचान गरी कसरी ब्यबस्थापन गर्ने भन्ने कुरालाई मध्यनजर राखेर राष्ट्र सदस्यहरुले जति पनि रिस्पोन्स प्रोगाम बनाउँछ महिलालाई केन्द्रमा राखेर बनाउनुपर्छ भनेको छ । यो अवस्थामा हाम्रो राष्ट्रमा हामी अहिले त झनै चिन्तजनक अवस्थामा छौं । यो अवस्थामा धेरै निकाय खाली संक्रमण कसरी रोक्ने भन्ने योजना र कार्यक्रममा केन्द्रित छन् । सरकारी स्रोत र ध्यान पनि त्यतै तिर केन्द्रीत छ । यसको दीर्घकालिन प्रभाव के कस्तो पर्छ ? यसका लागि के कस्ता प्रावधान र तयारीहरु अहिलेबाट गर्नुपर्छ भन्ने कुरातर्फ कसैको ध्यान गएको छैन । हुन त महिला मन्त्रालय छ । महिलामन्त्रालयले आफ्नो न्यूनतम स्रोत, जनशक्ति र आर्थिक हिसाबको कमिले पनि काम गरिरहेको छ । अनुगमन त गरिरहेको छ । तर त्यो पर्याप्त छैन । एउटा मन्त्रालयले मात्रै गरेर पनि हुँदैन । यसमा कोर्डिनेशन पनि महत्वपूर्ण हो । समन्वय गर्नुपर्ने आवश्यक छ ।

राज्यले अनिवार्य सर्तहरु भित्र पर्ने कुरा किन गर्न सकेन ? सबैको ध्यान महामारी तर्फ गरेर हो वा हाम्रा योजना र सामाजिक संरचनाका कारण हो ?
तपाईले भन्न खोज्नुभएको कुरा सकारात्मक विभेदको हो । म युएन सिड कमिटीमा भएकोले पनि सिड कमिटीको धारा ४ ले अन्तरिम समयमा हामीले विशेष प्रावधानहरु ल्याउनुपर्छ भन्छ । त्यो किन त भन्दा हाम्रो लक्ष्य भनेको समानता हो । समतामा आधारित विकास हो । त्यसका लागि सयौ वर्षबाट असमानता भोगिरहेका, पछाडी परेका वा पारिएका महिलाहरुलाई समान धारामा ल्याउनका केही समयका लागि अन्तरिम विशेष प्रावधानहरु अपनाउनुपर्छ । जसलाई सकारात्मक विभेद भनिन्छ । त्यो हरेक क्षेत्रमा हो । स्वास्थ्य, शिक्षा, हिंसाको क्षेत्रमा कुरा गरौँ, अन्तर्राष्ट्रिय स्थानमा महिला सहभागितका कुरा गरौँ । यति सम्मका की सिडले त परिवार भित्रको, वैवाहिक सम्बन्ध कस्तो छ । बैवाहिक सम्बन्धमा समानताको कुरा पनि गरेको छ ।

मैले करिब ७० वटा राष्ट्रको समिक्षा हेर्दा नेपालले भोगेका व्यवधानहरुको बावजुद पनि गरेको प्रगति छोटो समयमा तुलनात्मक रुपमा राम्रो गरेको मान्नुपर्छ । तर कानून मात्रै भएर भएन तर कार्यान्वयन हुनुप¥यो नी । जसको लागि बनाइएको कानून हो उनीहरुको त्यसको बारेमा लाभान्वित हुनुप¥यो नी । घरेलु हिंसाको कानून छ भनेर मात्रै भएन नी । कतिपय ग्रामिण क्षेत्रका महिलाहरुलाई कानून छ भनेरपनि थाहा छ । तर पनि हिंसा सहितका सम्बन्धमा बाँचिरहेका छन । कहाँ गएर रिपोर्ट गर्ने, कसरी रिपोर्ट गर्ने भन्ने पनि थाहा छ तर हाम्रो कानूनी प्रकृया लामो र महंगो पर्न जान्छ र त्यसमा विश्वास छैन । लामो प्रकृया भएर पनि राहत पाउँछु भन्ने विश्वास नै छैन । कतिपय निम्न वर्गका व्यक्तिलाई घरैमा त केही छैन भने मैले घरेलु हिंसाको मुद्धा हालेर पाउने के छुर ? बरु पाउने के छु भने हरेक समाजले मलाई छिछि र दुरदुर गर्ने छ । मेरो पहिचान पनि गुमाउने छु भन्ने छ भने कानून मात्रै भएर त भएनी नी, त्यसको जरा के हो भन्ने पनि हुनुप¥यो ? कार्यान्वयन के हो हुनुप¥यो । तर कतिपय अवस्थामा राम्रोसँग कागजमा त लेखेको छ । तर जसले सेवा दिनुपर्ने हो उहाँहरुको त्यो किसिममको संवेदनशिलता छैन । क्षमता छैन ज्ञान छैन । र अनुगमन पनि छैन हाम्रो । कानून बनाएको छ अनुगमन प्रकृया त नियमित रुपमा हुनुप¥यो । अनि बल्ल संकटको बेला महिलाले उचित सेवा सुविधा पाउछन् ।

 

अहिलेको अवस्थामा के गर्न सकिन्थ्यो त भन्दा अरु राष्ट्रहरुले देखेको जो अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले आय आर्जन गुमाएका छन भने त्यस्ता महिलाहरुलाई धेरै राष्ट्रहरुमा क्यास इन ह्याण्ड हातमा पैसा दिएर पनि सहयोग गरिएको छ । संकटमा आय आर्जन काम भएको वर्गलाई कतिपय अवस्थामा विजुलीको बिल तिर्न नपर्ने अवस्था केही समयका लागि गर्न सक्नु पर्छ । महिलाहरुलाई कतिपय अवस्थामा ब्याज कम गरेको अवस्था छ । त्यस्तो किसिमको धेरै कुरा हुन सक्छन् तत्कालै गर्न सकिने । कतिपय राष्ट्रहरुले सानातिना होटलहरुलाई महिला हिंसाबाट पीडितलाई आइसोलेसनमा संरक्षित रुपमा राख्ने गरेको छ । त्यस्तो गर्नपर्ने आवश्यकता छ । महिलाहरु सहयोग माग्न प्रहरीकोमा जान सक्दैनन तर तरकारी किन्न जान्छन्, औषधि किन्न जान्छन । त्यस्तो अवस्थामा समुदायमा हुने तरकारी पसलहरुमा पनि त्यस्तो प्रकारको म्यासेज राख्ने गरेको अवस्था छ । विस्तारै धेरै राष्ट्रहरुले यस्ता किसिमका प्रवाधान अपनाएका छन । तर जहाँ सेवा स्रोत छन र त्यसले मात्रै गर्ने होइन हाम्रो ¥यापिड असिसमेन्ट चाहियो नी । हामीले खाली संक्रमण रोक्नेतर्फ मात्रै लाग्नु भन्दा रोकिएपछि भोली त्यसको प्रभावलाई हामीले धान्नै नसक्ने हुन्छ । त्यो प्रकारको धान्न सक्ने कुराको लागि हाम्रो अनुगमन त्यो प्रकारको ¥यापिड असिसमेन्ट चाहियो । यसले कस्तो प्रभाव पारेको छ । यसले कस्तो प्रभाव पारेको छ तत्कालै गर्न सक्ने अवस्था के भन्ने । हामीसँग यत्रा विधि राष्ट्रिय निकायहरु छन उनीहरुको समन्वयबाट कसरी गर्न सकिन्छ । भन्ने एउटा कुरा । अर्को म्यासेज हुन त हामी सुन्छौँ । कति रेडियो, टेलिभिजनमा सन्देश त आएका हुन्छन तर सबै महिलाहरुले त्यो सन्देश सुनिरहेका हुन्छन । तर त्यो साच्चिकै सबै महिलाहरुले सुन्छन त ? सीमान्तकृत महिला, पछाडी पारिएका महिला, भाषाका कुरा हुन्छन । भनेपछि हामीले स्थानीय तहको एउटा बुझिनसक्ने र त्यो म्यासेज पुगन सक्ने म्यासेज गर्नुपर्ने अवस्था एउटा छ । र अर्को अर्को तथ्याङ्को कुरा । युएन सिड कमिटिले पनि एउटा गाइडेन्स नोट निकालेको छ म आफैले त्यसको ड्राफ्टीङलाई लिड गरेको थिए । र त्यसको ९ वटा प्वाइन्ट छ । एउटा सबै रिस्पोन्स कार्यक्रममा महिलाहरुको सहभागिता हुन आवश्यक छ । यहाँ त कति ठाउँमा कोभिडको कुरा गर्नलाई पनि पुरुषको मात्रै प्यानल हुन्छ । त्यो हुनुभएन । महिलाको सहभागिता प्यानलको मात्रै कुरा गरेको होइन डिजाइन गर्दा, तर्जुमा गर्दा, कार्यान्वयन गर्दा पनि महिलाको सहभागिता महिलाको विचार समावेश हुन आवश्यक छ ।

अर्को हिंसा कस्तो किसिमको भएको छ । हिसा भएकाहरुलाई सेवामा पहुँच कस्तो छ, त्यसपछि हेल्पलाइन र परामर्शका कुराहरुलाई अत्यावश्यक सेवा अन्तरगत राख्नुपर्ने अवस्था छ । तेस्रो स्वास्थ्य, स्वास्थ सेवाको फ्रन्ट लाइनमा ७० प्रतिशत महिलाहरु काम गरिरहेका छन् । पीपीइ चाहिन्छ । डाक्टरले काम गरेका छन । तर हामीले नर्सको काम गर्ने, मिड वाइफको काम गर्ने, क्लिनिङको काम गर्ने महिलाहरु उनीलाई सुरक्षा त चाहियो नी । अर्को स्वास्थ्यमा पहुँचको कुरा हामी यहाँ ठूल्ठूलो विरामीको मात्रै कुरा गरिरहेका छौँ । गर्भवति महिला सुत्केरी महिला र प्रजनन स्वास्थ्यको कुराहरुलाई अहिले धेरै जसो राष्ट्रको ध्यान कोभिडलाई रोक्नतर्फ डाइभर्ट भएकाले अस्पतालका सेवाहरु पनि कोभिडका लागि भनेर अस्पतालहरु परिणत भएका छन । अरु सेवाहरुलाई अन्त्यन्तै न्यूनतम ध्यान दिएको छ । त्यसको पनि प्रभावह हुनुपर्ने छ । त्यो प्रकारको स्वास्थ्य पहुँच कसरी बनाउने भन्ने कुरा छ । कतिपय अवस्थामा पहिले देखि असमान संरचनामा बाँचिरहेका र निम्न गरिबी भन्दा पनि तल्लो वर्गमा बाँचेका महिला र पुरुषहरुमा पनि यसको प्रभाव छ त्यता पनि ध्यान दिनुपर्ने अवश्यकता छ । विशेष गरी अपांगता भएका महिलाहरु, एचआइभी भएका महिलाहरु, यौनिक अल्पसंख्याक महिलाहरु यसबाट झन पीडित हुने सम्भावनाहरु छन् । यो सबै कुरा समेटेर सिडले गाइडेन्स नोट निकालेको छ ।

नेपालले अहिलेसम्म गरिरहेको कामहरुलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
गर्ने धेरै काम छ । सरसरती भन्दा नि सबैको ध्यान संक्रमण रोक्ने भन्ने छ असिस्मेन्ट भएको छैन । त्यो तुरुन्तै गर्न सकिन्छ । यति धेरै सरकारी निकाय छन । यो कुरा तुरुन्तै गर्न सक्ने हो तर कुन निकायले गर्ने मलाई थाहा भएन तर तुरुन्तै असिस्मेन्ट गर्नुप¥यो । कस्ता महिलालाई के प्रभाव परेको छ । कुन वर्गका महिलालाई कस्तो प्रभाव परेको छ । त्यसपछि रिस्पोन्सको प्रोगाम तर्जुमा गर्नुप¥यो । नागरिक समाज देखि लिएर सरकारी निकायले समन्वय गर्नुप¥यो । महिलालाई केन्द्रमा राखेर गर्नुप¥यो । त्यसपछि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु जसको आयआर्जन गुमाएका छ । उनीहरुको घरमै निकै ठूलो प्रभाव परेको छ । बालबालिलाई प्रभाव परेको छ सबैलाई परेको छ । भने त्यस्तोलाई पहिला पहिचान गरेर कस्तो प्रकारको सेवा दिन सकिन्छ । सामाजिक प्याकेज अन्तरगत त्यस्तो गर्नुप¥यो । तर सरकारले गर्न काम गर्न सकेन । गरेको पनि पर्याप्त छैन । संक्रमण रोक्नलाई यो कोभिड अस्पताल भनिएको छ । अब यो परीक्षण ब्यापक गरिएको छ । क्वारेन्टिनमा केही व्यवस्थापन गरेको छ । तर महिलाहरुसँग त्यती छलफल भएको दखिएको छैन । स्वास्थ्य विभागमा हेर्दा कति जनालाई संक्रमण भयो कति जनाको मृत्यु भयो भन्ने बाहेक अरु देखिएको छैन । महिलामा देखिने समस्याहरु । महिलामा परेका समस्याहरु के छन भन्ने कुरा देखिएको छैन ।
कोरोनाले सबै क्षेत्रमा कुनै न कुनै रुपमा असर गरेको छ । महिलाको कुरा गर्दा आर्थिक सामाजिक पाटो हो । आगामी दिनमा महिलाको अवस्था कस्तो हुने देखिन्छ । प्लानिङ, कार्यान्वयन सहभागिताका सवालमा कस्तो हुन्छ ?
सामाजिक, आर्थिक संरचना र महिलालाई पर्ने प्रभाव नै ठूलो कुरा हो । कस्तो देखिएको छ भने महामारीहरुले पहिलेदेखि विद्यमान असमानतालाई झन बढाउँछ । इबोला लगायतका संक्रमणबाट त्यो पहिले नै पुष्टि भइसकेको छ । अहिले भनेको कस्तो हुन्छ भने हामीले समयमै सामाजिक र आर्थिक प्रभाव हेर्दा कस्तो प्रभाव छ र यसलाई हामीले पहिले जस्तो जस्तो पोलिसि छ त्यही अनुसारले जाने हो भने यो खाडल झन बढ्छ । महामारीले हामीलाई असमान संरचनालाई भत्काएर समानतालाई प्रभावकारी रुपमा कसरी बलियो बनाउने भन्ने पूर्वाधार, योजना, रिस्पोन्स बनाउने मौका दिएको छ । अनि मात्रै भोली गएर आउने महामारीसँग पनि जुध्न सक्छौँ । अहिले खोक्रो भएको संरचनालाई भत्काउन सकेनौ भने भोली असमानता असाध्यै बढेर जाने छ ।

आर्थिक सामाजिक रुपमा महिलालाई सेन्टरमा राखेर महिलाको पनि सहभागिता र विशेष प्याकेजहरु कस्तो महिलालाई कुन उमेरको महिला हो, कुन क्षेत्रको महिला हो त्यो सबै कुरा हेरेर तथ्याङ्क संकलन गर्न पनि आवश्यक छ । यसलाई मौकाको रुपमा लिएर सुदृढ योजनाका साथ अगाडी बढ्नुपर्छ । जसले समतामा आधारित समानतालाई लिएर अगाडी बढ्न सजिलो बनाउछ । कसरी सुदृढ बनाउने भन्ने मौका पनि हो त्यसलाई हामीले कसरी सुदृढ बनाउने भन्ने तिर पनि लाग्नुपर्छ ।

अब कसले कसरी भुमिका खेल्ने, को सबैभन्दा पहिला अगाडि आउनुपर्छ ?
सबैभन्दा पहिला त परिवर्तन आफैबाट सुरु हुन्छ । म सुरक्षीत हुनलाई मैले नै सबैभन्दा ठूलो भूमिका खेल्नुपर्छ । म कसरी सुरक्षीत हुन्छु भनेर त मैले कुनै एक्सन नगरी त म सुरक्षीत हुन्न । सजिलो उपाय त सबैभन्दा पहिला म सकेसम्म बाहिर निस्किनु भएन । निस्किनै परे मास्क लगाउनुपर्छ भन्ने सामान्य ज्ञान त मलाई हुनुप¥यो । र मैले मैले आफ्नो परिवार भित्र पनि त्यो काम गर्न सक्नुप¥यो । अर्को परिवारको भूमिकाको कुरा गर्दा अहिले महिलाहरुमा कामको भार परेको छ । अर्को कुरा यौन हिंसा पनि बढेको छ । हाडनाता करणीको दर बढेको छ । ४० प्रतिशत पीडक घरमा बसेको छ । २४ घण्टा अहिले अनलाइन र मनोरञ्जनात्मक कुराहरु हेर्ने गरेको छ । त्यसले हिंस्रक मानसिकता बनाएको छ । हिंस्रक मानसिकताले को छोरी को बहिनी भन्दैन । घरभित्रको काम बाँडेर गर्नुप¥यो । पकाउने देखि बच्चा हेर्ने काम सेयर गर्नुपर्छ । सुरक्षीत घर कसरी बनाउने भन्ने ठूलो कुरा हो । बालबालिका र महिलालाइ पनि सूचना दिनुप¥यो । कहाँ सूचना दिने कसरी दिने भन्ने । सरकारी संयन्त्र पनि प्रभावकारी हुनुप¥यो । सूचना दिन लिन तत्परता हुनुप¥यो ।

Advertisement

यसमा नागरिक समाजको भूमिका धेरे महत्वपूर्ण छ । तर एक्लै भन्दिन समन्वयमै काम गर्नुपर्छ । एक्लै गरेको काम दिगो हुँदैन । कतिपय स्थानमा निःशुल्क काउन्सिलिङ गरेको थियो । सेल्टरहरुमा पनि ७० प्रतिशत खुला थियो । त्यसमा काम गर्ने कर्मचारीको पनि सुरक्षाको कुरा थियो । त्यो प्रकारको सेवा नागरिक समाजले गरिरहेको थियो । अहिलेको महामारीलाई सम्बोधन गर्ने गरी सरकारले पूर्वाधार दिनुप¥यो । क्षमता अभिवृद्धि गराउनुप¥यो अत्यावश्यक सेवाको रुपमा राख्नुप¥यो जनचेतना गर्ने काम पनि गर्नुप¥यो वकालत गर्न पनि जरुरी छ । अब भने असेसमेन्ट, रिस्पोन्स प्रोगाम कसरी अगाडी बढाउने भन्ने कुरामा सरकारी निकाय र नागरिक समाज अगाडी बढ्नुपर्छ

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top