कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान

699SHARES

१२ बैशाख, काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरु गरेको छ ।

‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

जिल्लामा पछिल्लो समय दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ ।

विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण