कोरोना अपडेटः आज थप ७३ संक्रमित हुँदा ६४ जना डिस्चार्ज

725SHARES

१७ फागुन, विराटनगर । नेपालमा आज मात्र ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार २१६ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।

कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या २७७७ पुगेको छ ।

देशभर आज सक्रिय संक्रमित ९६८ छ भने क्वारेन्टिनमा जम्मा ६१ जना मात्र छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण