कोरोना रिपोर्ट नेगेटिभ भएकालाई मात्र होटलमा बास दिन अपील

541SHARES

२ वैशाख, काठमाडौँ । सरकारले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी गरी पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास दिन आग्रह गरेको हो ।

मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न पनि अपील गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्लामा राखी ती जिल्लामा विद्यालय नजान अपील गरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण