विराटनगर,असार ६
जेसिबी बोकेको ट्रक कोशी नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएर बढी पुलबाट खसेको हो ।
प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।
घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले किचेर कोशीमा झरेको थियो ।
उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
बढी लोड भएको कारण ट्रक पल्टिएको प्रहरीको भनाई छ ।घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।