१८ भदौ, पोखरा । बाढीपहिरो गएको स्थलको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामा अवतरण भएको छ ।
खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।
बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ३६ जना अझै बेपत्ता छन् ।
अवलोकन टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि रहेका छन् ।