खातुनलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने

२१ भाद्र २०७६

२१ भदौ, धनुषा ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी किशोरी मुस्कान खातुनलाई प्रदेश २ सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने भएको छ । मुस्कानको उपचारका लागि मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका हुन् ।

वीरगञ्ज महानगरपालिकाका–३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार विहान विद्यालय जाँदै गरेको बेला उनीमाथि स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि काठमाण्डौको कीर्तिपुर हस्पिटलमा भर्ना गरिएको छ ।

उनको आइतबार सल्यक्रिया गर्ने जनाइएको छ ।

Facebook Comments

विज्ञापन बक्स