Nepal Times
Nepal Times
3
Shares

खुमलटारको जितमा जुमानु राईको दुई गोल

खुमलटारको जितमा जुमानु राईको दुई गोल

७ कार्तिक, काठमाडौं ।

राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राईको दुई गोल प्रेरित एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ललितपुर वार्ड नम्बर–१४ लाई पराजित गरेको छ ।

आइतबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले लतिलपुर वार्ड नम्बर–१४ लाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

ललितपुरको लागि जुमानुले दुई गोल गरे । यस्तै राजकुमार घिरिङ र रितेश खड्काले एक–एक गोल गरे । खुमलटारका विनोद खड्कीले आत्मघाती गोल गरे ।

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबको कप्तानसमेत रहेका जुमानु खेलको म्यान अफ दि म्याच जुमानु राई घोषित भए ।

प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाउने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.