२६ जेष्ठ, काठमाडौँ । गएको मे महिनामा मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत १२ हजारभन्दा धेरै यात्रु नेपाल भित्रिएका छन् ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले मे ६ अर्थात् वैशाख २३ गते मध्य रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपनि एक महिनाको अवधिमा १२ हजार ४ सय यात्रु नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।
नेपाल आउनेमा १० हजार १९२ जना पुरुष, २२ सय ६ जना महिला र २ जना अन्य रहेका छन् । यही अवधिमा २३ हजार १३५ जना नेपालबाट बाहिरिएका छन् ।
अध्यागमन विभागको तथ्याँक अनुसार मे महिनामा मात्रै १७ हजार ४१२ जना पुरुष, ५्र७ सय ७ जना महिला र १६ जना अन्य गरी २३ हजार १३५ जना नेपालबाट विभिन्न देशमा गएका हुन ।
सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि नेपाल र भारतबीच एअर बबल सम्झौता अन्तर्गत हप्तामा दुई उडान नियमित भइरहेको छ ।
यस्तै चार्डड, उद्धार र अन्य विशेष उडानहरू भइरहेको छ । सरकारले जेठ १८ गतेदेखि कतार, चिन र टर्कीबाट नियमित उडान खोलेको छ । सातामा एक उडान हुने गरी यी तीन देशमा उडान खुलेको हो ।