गलत काम नगर्न कर्मचारीलाई उद्योग मन्त्रीको निर्देशन

0SHARES

९ मंसिर २०७६ नेपाल टाईम्स

९ मंसिर, काठमाडौँ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गलत काम नगर्न कर्मचारीहरुलाई सचेत गराएका छन । मन्त्री भट्टले मुलुकको भोलिका आवश्यक्ता पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई कडा निर्देशन दिए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूराना कार्यशैलीले काम गरेर मुलुकको आजको आवश्यक्ता पूरा नहुने भन्दै कार्यर्शली परिवर्तन गर्न कर्मचारीलाई आग्रह गरे । मन्त्री भट्टले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय नारालाई सफल बनाउने गरी काम गर्नुपर्ने चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनताको सेवकको रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले आफू कामै गरेर देखाउन सरकारमा आएको उल्लेख गर्दै सरकारको काम गर्ने शैलीमा परिवर्तन हुँदै जाने पनि बताए । राज्यमन्त्री दुगडले उद्योगी व्यवसायीहरुलाई पनि मुलुकको समृद्धिका लागि योगदान पु¥याउन आग्रह गरे।

विज्ञापन बक्स