गाडीमै बिरामी भई मृत्यु , धम्क्याउनेलाई जेल

0SHARES

१४ आश्विन २०७५ नेपाल टाईम्स

ओखलढुंगा : पैसा उठाउन आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सिद्धिचरण नगरपालिका ४ का रामकुमार भुजेल काठमाडौंको समाखुसीस्थित एक हार्डवेयर कम्पनीले काम गर्थे ।उनले कम्पनीमा कम गर्दा लाखौँ रकम हिनामिना गरेको अरोप लाग्यो ।

रामकुमार काम छोडेर विस्तारै कम्पनीबाट टाढिए ।कम्पनीले उनलाई खोजी गर्यो । त्यही क्रममा सामाखुसी प्रहरीमा निवेदनसमते पर्यो । उनले आज दिन्छु, भोली दिन्छु भन्दै झुक्याउन थाले, कम्पनीले उनलाई पक्राउ गर्ने कोसिस गर्यो ।

यसैबीच उनी ओखलढुंगा आईपुगेको जनकारी पाए ।कम्पनी प्रतिनिधिका रुपमा पुरुषोत्तम न्यौपाने, कृष्णप्रसाद भण्डारी र संस्कार शेरचन उनलाई लिन ओखलढुंगा आईपुगे ।

रामकुमार त्यतिखेर रुम्जाटारस्थित आफ्नो दिदी विन्दास भुजेलको डेरामा पुगे । कम्पनी प्रतिनिधि त्यहिँ पुगे । उनीहरुले रामकुमारलाई काठमाडौं लाने र बाँकी लेनदेन हिसाब उतै गर्ने भनेर बोलेरो जिपमा चढाए ।

डेराबाट गाडी चढ्नुअघि उनी एकैछिन् है भन्दै कोठामा पसेका थिए । गाडी चढेर केहि मिनेटको दुरी सानीटार पुग्नेवित्तिकै उनले बान्ता गर्न थाले ।उनको अवस्था चिन्ताजनक भयो ।

गाडी फर्काएर उनलाई रुम्जाटार अस्पताल पुर्याईयो अस्पताल पुर्याईएको केहि मिनेटमै अस्पतालले मृत घोषित गर्यो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

विज्ञापन बक्स