१७ साउन, तमघास ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोलेसँगै खसेकाे ढुङ्गाले च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।
सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।