विराटनगर, फागुन ४
विराटनगर– १६ स्थित गौतम बुद्ध मेमोरिय सेकेण्डरी स्कूलले ३८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । गौतम बुद्धले स्कूल परिसरमा शनिबार एक भव्य समारोहको बिच आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा स्कूलले विज्ञान प्रर्दशनीको साथै ‘फन फिस्टा’ समेत गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो स्कूलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत २५ वर्षदेखी गौतम बुद्धमा अध्यापन गराउँदै आएका सात जना शिक्षकहरूलाई विशेष सम्मान गरेको छ ।
कर्यक्रममा स्कुलका शिक्षिका मार्साङ लामा तामाङ्ग, तारा प्रधान, शिक्षक अर्जुन कुमार मल्ल ठकुरी, निर्मल राई, नरेश सिंह, पुष्पराज शाक्यलाइ स्कूलले सम्मान गरेको हो । विद्यालयको शैक्षिक विकासमा उल्लेखिनय योगदान पु¥याएको भन्दै सम्मानित भएका शिक्षकहरूलाई कदर पत्र र दोसल्ला ओढाएर स्कूलका प्रिन्सिपल केशवलाल सिंह सुवाल र भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले गरेका थिए ।
कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल सुवालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान सधैव लागि पर्दै आएको बताए । ‘स्थापना कालदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिदै आएका छौं,’ स्कूलका प्रिन्सिपल सुवालले भने , ‘हामीले हाम्रो विद्यार्थीहरूलाई जीवन उपमुखी शिक्षा दिँदै आएका छौं । यसलाई निरन्तरता दिदै आगामि दिनमा अगाडी बढनेछौं ।’
कार्यक्रममा निजी तथा अर्गनाइजेसन (प्याब्स्न) मोरङको सह–सचिब विष्णुं डंगोल, अभिभाव संघ १ नम्बर प्रदेशका अध्यक्ष देवी पन्थीलगायले बोलेका थिए ।
सोही अवसरमा कक्षा एक देखि कक्षा दशसम्मका विद्यार्थीहरूले साँस्कृति झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरेका थिए भने ८, ९ र १० का विद्यार्थीहरूका विज्ञान प्रदर्शन गरे । विद्यार्थीहरू आफँैले बनाएको विज्ञानसँग सम्बन्धित उपकरणहरू प्रर्दशनमा राखेको स्कूलले जनाएको छ । विज्ञान प्रर्दशनमा आधा दर्जन स्टलहरू रहेको थियो । त्यस्तै प्याब्सन मोरङले आयोजना गरेकोे विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरियो ।