मोरङ, असार ३
मोरङको जहदा गाउँपालिका–२ हरिनगरा स्थित एक घरमा शनिबार आगलागी भएको छ।
खाना पकाउने ग्याँस लिक हुँदा स्थानीय राजकुमार राजवंशीको घरमा अपरान्ह ३ बजे आगलागी भएको हो।
आगलागीबाट राजवंशीको ६ कोठे पक्की घर तथा घरभित्र रहेको तीन तोला सुनका गहना, ६५ तोला चाँदी, खाधान्न, भाडाकुँडाहरु जल्दा करिब २२ लाखको क्षति भएको प्रारम्भिक अनुसन्धान गरिएको छ।
आगलागी इलाका प्रहरी कार्यालय रानी र बुधनगरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको मद्दतमा अपरान्ह ४ बजे नियन्त्रणमा आएको थियो।