घाँस काट्न जाँदा भिरबाट लडेर एकको मृत्यु

0SHARES

२३ जेष्ठ २०७७ नेपाल टाईम्स

२३ जेष्ठ, ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा–४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो बिहान ६ बजे घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनि गएकी खड्गीमाया दिउँसो ३ बजेसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको भनि ईलाका प्रहरी कार्यालय तेल्लोकमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त घटनाबारे थप कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विज्ञापन बक्स