घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा

0SHARES

२७ फाल्गुन २०७५ नेपाल टाईम्स

काठमाडौं : विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा गरेका छन् ।

समाचारकाे अनुसार उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको थियाे ।

शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई उर्तिण गराइदिने भनेर त्यसरी घुस खाने गरेको पाइएको हो  । ,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

विज्ञापन बक्स