चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

0SHARES

२७ कार्तिक २०७५ नेपाल टाईम्स

काठमाडौं: कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ ।

बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो ।

ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । ,यो समाचार आजको नागरिक दैनिकमा छ ।

विज्ञापन बक्स