Nepal Times
Nepal Times
3
Shares

चलचित्र ‘सत्यम्’मा फेरि उपासनाकाे ‘इन्ट्री’

चलचित्र ‘सत्यम्’मा फेरि उपासनाकाे ‘इन्ट्री’

२९ कात्तिक, काठमाडौं ।

चलचित्र ‘सत्यम्’ नायिका मलिका महतले छाडेपछि फेरि उपासना सिंह ठकुरी भित्रिएकी छन् ।

यो चलचित्रमा सुरुमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम नगर्ने भन्दै छोडेकी थिइन् ।

उपासनाले काम नगरेपछि मलिकाले काम गर्ने भएकी थिइन्। तर, वर्कसपमा सहभागी भएकी मलिकाले पनि पछि अध्ययनका कारण देखाउँदै चलचित्र छाड्ने निर्णय गरिन् ।

निर्माणपक्षले मलिका बाहिरिएपछि फेरि नायिका उपासनालाई नै चलचित्रमा काम गर्न राजी गरेको छ। निर्देशक शंकर कार्कीले अब भने चाँडै नै चलचित्रको छायांकन सुरु हुने जानकारी दिएका छन् ।

यस चलचित्ररेशम सापकोटाको निर्माण गर्नेछन् । यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारले अभिनय गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.