एजेन्सी, फागुन ७
बलिउड चलचित्र ‘८३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । क्रिकेटरको कथामा आधारित यस चलचित्रमा नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण एकसाथ देखिदैछन् । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् ।
रियल लाईफ जोडी रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्रको पोस्टरमा दुई निकै आकर्षक र प्रेमिल देखिएका छन् । रणवीरले आफ्नो इन्स्टाग्राममा पोस्टर सार्वजनिक गरेका हुन् ।
चलचित्रमा दीपिका चलचित्रमा रोमी देवको भूमिकामा छिन् । नायिका दीपिका पादुकोणले यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन् । उनले, खेलकुदको कथामा बनेको एउटा अविस्मरणिय चलचित्रको रुपमा ‘८३’लाई उल्लेख गरेकी छिन् ।
कबिर खान निर्देशित चलचित्रमा कपिल र उनकी पत्नी रोमी भाटियाको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ । रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन् । यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।