Nepal Times
Nepal Times
3
Shares

चार भारतीय न्यूज च्यानलबाहेक अन्यको प्रसारण सुचारु

२९ असार, काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलबाहेक अन्यको प्रसारण खुलाएका छन् ।

केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अन्य च्यानलहरु खोल्ने निर्णय गरेका छन् ।

केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न उपयुक्त नहुने देखिएकाले यस्तो निर्णय भएको केबल अपरेटरहरु बताउँछन् ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले असार २५ गतेबाट भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.