चालकका कारण पेट्रोलियम पदार्थको अभाव

0SHARES

५ आश्विन २०७५ नेपाल टाईम्स

विराटनगर, असोज ५
ट्यांकर चालकहरुले इन्धन ढुवानी नगर्दा प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल डिजेल अभावका कारण इन्धन ब्यवसायीले पम्पहरु बन्द गर्दा सर्वसाधारण मर्कामा परेका छन ।

विभिन्न कारणले नेपाल आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट इन्धन ढुवानी हुन नसक्दा पम्पहरुमा इन्धनको अभाव देखिएको हो । गएको भदौ १ देखि लागू गरिएको मुलुकी फौजदारी संहितामा चालकहरुलाई जेल सजाय दिने प्रावधान राखिएको भन्दै त्यसको परिमार्जनको मागगर्दै चालकहरुले ढुवानी अवरुद्ध गरेको बताइएको छ ।

पेट्रोलियम ट्यांकर चालक संघ विराटनगरले संहिता परिमार्जनको माग गर्दै चालकहरुले स्वतस्फूर्त रुपमा ट्यांकर नचलाएको जनाएको छ । प्रदेशभर २ सयभन्दा बढी पेट्रोल पम्पहरु रहेका छन ।

विज्ञापन बक्स