काठमाडौं, माघ ९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक जसरि पनि पास हुने दावी गरेका छन् । उनले आगामी माघ ११ गते बस्ने संसद बैठकबाट सो विधेयक जसरि पनि पारित हुने स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने बताए । उनले मन्त्रीलाई रोष्ट्रममा जान नदिईए पनि मन्त्री बसेकै ठाउँबाट पनि पास गरिने ठोकुवा गरे । उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उदाहरण दिँदै सोही नजिरका आधारमा विद्येयक पास भईछाड्ने दावी गरे ।
सोही अबसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको बताउँदै नेता भट्टराईको स्वार्थ बदलिएको आरोप लगाए ।