चियापछि अलैंची निकासीमा भारतीय अवरोध

0SHARES

३१ जेष्ठ २०७७ नेपाल टाईम्स

काँकडभिट्टा : भारतको पश्चिम बंगाल सरकारले चियासँगै नेपाली अलैंची निकासीमा समेत अवरोध गरेको छ । लकडाउनपछि चिया निकासी हुन पाएको थिएन । अहिले अलैंचीको निकासीसमेत प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।,यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

विगतमा पनि अलैंची निकासीमा पश्चिम बंगाल राज्य सरकारले अवरोध गर्दै आएको थियो । जसका कारण विराटनगर नाकाबाट मात्रै निकासी हुँदै आएको थियो । करिब ५ महिनायता पूर्वी नाकाबाट समेत अलैंची निकासी हुन थालेको थियो ।

‘अहिले आएर अलैंचीमा पुन: अवरोध सिर्जना भएको छ,’ नेपाल अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले भने, ‘ट्रकमा लोड गरेको करिब १ सय ३५ टन अलैंची पूर्वी नाकामा अलपत्र छ ।’

विज्ञापन बक्स