चुनावी प्रचारमा होडबाजी

0SHARES

२८ कार्तिक २०७४ नेपाल टाईम्स

भोजपुर: मुख्य प्रतिष्पर्धामा रहेका वाम र लोकतान्त्रिक गठन्बन्धनका चुनावी पोष्टरले जिल्लाका हरेक कुना, गल्ली, चोकहरु रंगिएका छन् । दुवै गठबन्धनबीच चुनावी पोष्टर टाँस्न होडबाजी छ ।

विभिन्न एजेण्डासहित उम्मेदवार, नेता तथा कार्यकर्ता गाउँबस्ती साँझविहान नभनि भोटका लागि ढोका ढकढकाउन पुगेका छन् । सभा, भेटघाटसँगै चुनावी पर्चा, पोष्टर टाँस्न र झण्डा बनाउन भ्याइनभ्याइ भएको अनेरास्ववियू जिल्ला अध्यक्ष धु्रवराज राईले प्रष्ट पारे ।

उम्मेदवारलाई भोट माग्नमा सहजता होस भनेर पहिले नै गाउँमा प्रचारमा जुटेको बताउँछन्, संघीय समाजवादी फोरम नेपालका नरराज काङमाङ बताउँछन् ।
दुई गठबन्धन बाहेक साना दलको चु्नावी चहलपहल भने त्यति देखिएको छैन ।

प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिएका अन्य दलहरु राजपा, मंगोल नेशनल अर्गनाईजेशन, नेपाल परिवार दल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माले, नयाँ शक्ति पार्टि नेपाल, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई भने अझै चुनावी रौनकले छोएको छैन ।

विज्ञापन बक्स