१७ मंसिर, विराटनगर । लियो क्लब अफ बिराटनगर सेन्ट्रलले विद्यार्थीहरुलाई जलन तथा छाला दान सम्बन्धी जनचेतना जगाएको छ ।
लियोको साताब्यापी कार्यक्रमको दोस्रो दिन जनपथ माध्यमिक विद्यालय विराटनगरका कक्षा १० का विद्यार्थीसँग सो कार्यक्रम गरेको हो ।
लियो क्लब अफ बिराटनगर सेन्ट्रलले सप्ताहभरी विभिन्न कार्यक्रम गर्ने अध्यक्ष शिवशंकर मण्डलले बताए । लियोले सप्ताहको पहिलो दिन एड्ससम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको थियो ।