जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टलाई नेपाल गुणस्तर चिन्ह प्रदान

0SHARES

१७ पुष २०७६ नेपाल टाईम्स

१७ पुस, काठमाडौँ ।

जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टले नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४) प्राप्त गर्न सफल भएको छ ।

सिमेन्ट मिल्स्का उत्पादनहरु पीपीसी, ओपीसी तथा पीएससी सिमेन्टहरु नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४ ) तथा आइएसओ ९००१ः२००८ बाट समेत प्रमाणित भएका छन् ।

साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार तिन पटक लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको छ । कम्पनीका उत्पादनहरु आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भौतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।

कम्पनीले आफ्ना उत्पादनहरु सदैव गुणस्तरीय रहेको र रहिरहने प्रतिबद्धता ब्यक्त गर्दै यस उद्योगसँग आबद्ध विक्रेता, डिलर, खरिदकर्ता तथा उपभोक्तहरुलाई उद्योगको उत्पादनहरुको गुणस्तरप्रति विश्वस्त हुन आग्रह गर्दै निर्धक्क रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

विज्ञापन बक्स