जसपा विवाद झन् पेचिलो बन्दै

444SHARES

१८ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ ।

दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ ।

पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयलले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले यी सांसदलाई कारबाही गर्न १४ वैशाखमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको जनाएको छ ।

पार्टी हितविपरीत कार्यमा संलग्न भएकाले पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयका आधारमा कारबाही गरिएको उल्लेख गरिएको छ ।

तर, जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको भन्दै सोको जानकारी दिन निर्वाचन आयोग पुगेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण