जिप दुर्घटनामा एकको मृत्यू

0SHARES

११ फाल्गुन २०७४ नेपाल टाईम्स

पाँचथर, फागुन ११
मेची राजमार्ग अन्तरगत पाँचथरको फाल्गुनन्द गाँउपालिकामा बिहिबार राती जीप र ट्याक्टर एकआपसमा जुध्दा भएको दुर्घटनामा एक महिलाको घट्नास्थलमै मृत्यू भएको छ ।

मृत्यू हुनेमा फाल्गुनन्द २ की ५५ वर्षीय लालमाया चेम्जोङ रहेकी छन् । दुवै साधन आपसमा जुधेपछि सडकवाट १० मिटर तल खसेका थिए । दुर्घटनामा परी दुवै साधनमा सवार १० जना घाइते भएका छन ।

भmापाको बिर्तामोडवाट फिदिम आँउदै गरेको मे १ ज २९९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्याक्टर फाल्गुनन्द ३ को पांग्रे भीरमा दुर्घटनामा परेका हुन ।

विज्ञापन बक्स