जुम्ला प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

111SHARES

३ जेठ, जुम्ला ।

जुम्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि आवतजावतमा कडाइ गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गएको वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएको जुम्लामा जिल्ला प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य गरिएको गरिएको हो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार कर्णाली राजमार्ग अन्तर्गत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जानकारी दिए ।

जिल्ला प्रवेश गर्ने क्रममा कसैलाई कोरोना पोजेटिभ देखिएमा पालिकाको समन्वयमा आइसोलेशनमा पठाइने छ । सुर्खेत, नेपालगञ्ज हुँदै जुम्ला आउने क्रम बढेसँगै सङ्क्रमणको जोखिम कम गर्न हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण