जेठ २९ मा कुवेतबाट आएकी अर्की महिलामा पनि कोरोना संक्रमण

0SHARES

४ असार २०७७ नेपाल टाईम्स

४ असार, काठमाडौं ।
कुवेतबाट जेठ २९ गते आएकी अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चितवनकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।

गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो ।

विज्ञापन बक्स