झन्डै १३ लाख भारूसहित एक नेपाली पक्राउ

0SHARES

१८ भाद्र २०७५ नेपाल टाईम्स

विराटनगर,भदौ १८
झापाको काँकड्भिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयासहित एक नेपाली युवा पक्राउ परेका छन् । ललितपुर निवासी ३२ बर्षका रविन्द्र बज्राचार्य पक्राउ परेका हुन् ।

बज्राचार्यलाई १२ लाख ८० हजार भारूसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेले जानकारी दिए । मेचीनगर ६ स्थित भन्सार चेकपोईन्टमा उनको झोलामा उक्त रकम भेटिएको हो ।

उनले सो रकम भारतबाट नेपाल भित्राई काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको छ ।उनले ५०,१००र २०० का नोट बोकेका थिए । बरामद गरिएको नोट आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको बताइएको छ ।

विज्ञापन बक्स