झापाबाट ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ

0SHARES

१६ कार्तिक २०७७ नेपाल टाईम्स

१६ कात्तिक, झापा ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।

नियन्त्रण पश्वात उनीमाथि चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ ।

पक्राउ परेका आलम उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

विज्ञापन बक्स