२७ जेष्ठ, झापा ।
झापाको मेचीनगर नगरपालिका ७ टुक्रेबाँधबाट १ लाख १०हजार बराबरको अबैध समान बरामद भएको छ ।
मंगलवार रातीपौने ८ बज ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव १ लाख १०हजार रुपैयाँ मुल्य बराबरको सुतिको कपडा बरामद गरेको हो । बरामदभएको कपडा आवश्यक कानूनी कारवाहीको लागी मेचीभन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।