१८ असोज, झापा ।
झापाको कमल गाउँपालिका रतनचौन स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
घटनामा एक जना घाईते भएका छन् । शुक्रबार राति साढे ८ बजे उत्तरबाट दक्षिणतर्पm जादै गरेको बा २ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाईते भएका मोटरसाईकलमा सवार दुवैजालाई उद्दार गरी उपचारको लागी लाईफलाईन अस्पताल दमक लैजाने क्रममा मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका का ५५ वर्षी बिष्णुबहादुर कटवालको बाटोमा नै मृत्यु भएको थियो ।
मोटरसाईकल चालक काठमाडौको तानेश्वर नगरपालिका ६ का बिशाल थापाको भने सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।