टिपरको ठक्करबाट उर्लाबारीमा नाबालिकाको मृत्यु

0SHARES

१७ मंसिर २०७६ नेपाल टाईम्स

१७ मंसिर, मोरङ । मोरङको उर्लाबारी नगरपालिका ५ झुम्राहा स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट ४ बर्षिया नाबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ८ बजे उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिपरले पैदलयात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ वर्षकी राधिकाकुमारी मण्डललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि पुगेको प्रहरीले टिपर र टिपर चालक मोरङको रतुवामाई नगरपालिका ५ बस्ने वर्ष ३० को आशिष कठेतलाई नियन्त्रणमा लिएको छ ।

विज्ञापन बक्स