टि–२० क्रिकेट विश्वकप छनोटमा नेपालले म्यानमारको सामना गर्दै

0SHARES

१७ आश्विन २०७५ नेपाल टाईम्स

विराटनगर, असोज १७
मलेसियामा मंगलबार आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु भईरहेको छ । म्यानमारसँग खेल्दै नेपालले छनोट यात्रा सुरु गर्नेछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको जित, नयाँ कीर्तिमान र सुखद सुरुवात गर्ने हुने छ ।

यस अघि म्यानमारमाथि नेपालले दुर्लभ कीर्तिमान बनाएको छ । त्यो हो २ बलमा नै खेल जितेको । सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जुन लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै दुर्लभ कीर्तिमान बनाएको थियो । जुन रेकर्ड तोडिन असम्भव जस्तै छ ।

मलेसियामा नै एक महिना अघि खराब प्रर्दशन गर्दै एसिया कप छनोटमा चौथो भएको नेपालले क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको थियो । त्यो खराब प्रदर्शनलाई भुल्दै यसपटक सुखद सुरुवात नेपाली टोलीको लक्ष्य हुनेछ ।

२०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको छ । उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो । यो यात्रा विश्वकपमा परिणत हुन्छ वा बीचमै रोकिन्छ त्यो नेपालको प्रर्दशनमा भरपर्ने छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया,चीन,थाइल्यान्ड,भुटान,सिंगापुर र म्यानमार रहेका छन् । यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जस्मा पुर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।

पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई,कतार र कुवेत छनोट भई सकेका छन् । क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउने छन् । ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।

यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्नेछन् । विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी(२० विश्वकपको लागि टिकट पाउने छ । नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।

विज्ञापन बक्स